काठमाडौं । साताको दोस्रो दिन सोमबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । सोमबार चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४१० दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९ पैसामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्