Skip to content

उद्योगीहरूले अब २८ किस्तामा बक्यौता रकम भुक्तानी गर्न सक्ने

nabil bank

 

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै  डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेका उद्योगहरुलाई बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको छ ।

प्राधिकरण सञ्चालक समितिको २६ गतेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी किस्ताबन्दी सुविधा लाभ लिन भनेको छ । अब डेडिकेटेड फिडर तथा ट्रंकलाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उद्योगले २८ मासिक किस्ताबन्दीमा तिर्न सक्ने छन् ।

आज जारी सूचनामा भनिएको छ, डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई बुझाउन बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime