Skip to content
Prabhu

इटहरी उपमहानगरपालिकाको बजेट पारित

सुनसरी । इटहरी उपमहानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका २०८१/८२ को बजेट पारित गरेको छ । यही असार १० गते नगरसभामा इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले रु. तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेका थिए।

असार मसान्तसम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाबमोजिम बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो । उपमहानगर उपप्रमुख सङ्गीता चौधरीले असन्तुष्टि जनाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका थिए।

बजेटमा सङ्घीय समानीकरण अनुदान रु. २९ करोड ५६ लाख, सङ्घीय सशर्त अनुदान चालुतर्फ रु. ४९ करोड ४३ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ रु. ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपुरक अनुदान रु चर करोड, सङ्घीय विशेष अनुदान रु. पाँच करोड आउने प्रक्षेपण गरिएको हो ।

प्रदेश समानीकरण अनुदान रु. एक करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ रु. ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ रु. दुई करोड ४४ लाख र प्रदेश समपुरक अनुदान रु. एक करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।

सङ्घीय राजस्व बाँडफाँट रु. १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) रु. दुई करोड ३३ लाख र प्रदेश राजस्व बाँडफाँट (मालपोत रजिष्ट्रेशन) रु. ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्चतर्फ रु. एक अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कूल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तीय व्यवस्थाअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ रु. ९० लाख अर्थात् कूल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ रु. दुई अर्ब १५ करोड ६० लाख (६०।२५) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये विषयगततर्फ रु. ३० करोड, वडा सीमातर्फ रु. ३८ करोड, नगरस्तरीय योजनाको लागि रु. आठ करोड विनियोजन गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal