Skip to content
Prabhu

बुधबार सुनको मूल्य दुई हजारले बढ्दा डेढ लाखनजिक

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । आज छापावला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन १ लाख ४७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । आज चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal