Skip to content

‘आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ’

nabil bank
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी काठमाडौँको बालाजुमा आज आयोजित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः राजेन्द्र विष्ट/रासस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७औँ वार्षिकोत्सव समारोहमा उहाँले सरकार र निजी क्षेत्रबीच छलफल र सहकार्य गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए। ‘चलायमान भएको नेपाली पुँजीलाई नेपालमा रोक्न र विदेशीरहेका नेपाली युवालाई नेपालमा नै रोक्न रोजगारी सिर्जनामा जोड दिनुपर्छ । यसका लागि रुग्ण उद्योग सञ्चालनको आवश्यकता छ’, मन्त्री भण्डारीले भने ।

उद्योगमा निजी क्षेत्रको लगानी बढाउन लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उनले औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi