Skip to content
Prabhu

आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयक र प्राथमिकताको छलफल फागुन २१ गतेदेखि

 

काठमाडौं । आगामी  आर्थिक वर्ष २०८१/८२ को लागि फागुन २१ गतेदेखि  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल प्रारम्भ हुने भएको छ ।  सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए ।

फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१(८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी सभामुख देवराज घिमिरेले दिन तोकिएको जानकारी दिए । छलफल फागुन २१, २२, २३, ३० गते, चैत् १, २ र ४ गते हुने उनले बताए। उनले छलफलमा दलीय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित दलका पदाधिकारीले आफ्ना सांसदहरुको नाम बैठक बस्नु भन्दा एक घण्टा अगाडि नै टिपाउन अनुरोध गरे ।

उनले छलफलका क्रममा सांसदहरले उठाएका विषयवस्तुको टिपोटका लागि अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई निर्देशन दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal