Skip to content
Prabhu

ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि अर्डर सुरु, मूल्य कति ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि अर्डर सुरु भएको घोषणा गरेको छ । बुधबारदेखि सामसङले नेपालमा ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–बुकिङ सुरु गरेको हो ।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको अनावरण गरेका थिए ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको बताए ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्, र सीधा एड्जहरूसँग पूर्ण रूपमा सममित डिजाइन रहेको छ । नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि रहेको कम्पनीको दाबी छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ।

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ मा स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ । दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ, जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्नेछन् ।

सामसङको गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत भएको छ । प्रोफेसनल–ग्रेड कन्टेन्ट सहज रूपमा सिर्जना गर्न तपाईंले फोटो असिस्ट पनि प्राप्त गर्नुहुन्छ र पोर्ट्रेट स्टुडियोबाट थ्रीडी कार्टुन वा वाटर कलर जस्ता विभिन्न पोर्ट्रेट शैलीहरूमा सिर्जना गर्ने थप रचनात्मक सम्भावनाहरू पाउन सक्नुहुनेछ ।

इन्स्ट्यान्ट स्लो–मो फिचरले तपाईंलाई स्मुथ भ्यू एक्सपिरिएन्स कायम राख्दै अतिरिक्त फ्रेमहरू उत्पन्न गरेर भिडियोलाई तुरुन्तै स्लो गर्ने क्षमता समेत रहेको छ । ३.४ इन्चको सुपर एमोलेड फ्लेक्स विन्डोको साथमा डिभाइस नखोलेर नै एआई–असिस्टेन्ट कार्यहरू प्रयोग गर्न सकिने छ ।

फोनमा ५० मेगापिक्सेल वाइड र १२ मेगापिक्सेल अल्ट्रा–वाइड सेन्सरहरू राखिएको छ । ५० एमपी सेन्सरले नोइज–फ्री तस्बिरहरूको लागि टुएक्स अप्टिकल जुम प्रदान गर्दछ, र १० एक्स जुमको साथ उन्नत सुटिङ अनुभवका लागि एआई जुम प्रदान गर्ने छ ।

सामसङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षा प्लेटफर्मले महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एण्ड–टु–एण्ड हार्डवेयर, वास्तविक–समय खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरूविरुद्ध सुरक्षा गर्न निर्मित, सामसङ नोक्सले ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ लाई सुरक्षित पार्ने कम्पनीको दाबी छ ।

मा गएर ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–बुक खुला भएको छ । प्रि–अर्डर अफरहरू साउन २ देखि १५ गतेसम्म मान्य रहने छन्। प्रिबुकिङ गर्दा उपहारहरू समेत पाइने छ ।

उपहारहरूका साथै पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नुहुनेछ जसमा १७ जीबी डाटा +४९९ मिनेट कल +४९९ एसएमएस प्रत्येक महिना, ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध छ । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोरमार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ।

ग्यालेक्सी जेड फ्लिप ६ को मूल्य (१२+२५६ जीबी) १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जीबी) २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जीबी) २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले देशभर कै सामसङ आधिकारिक स्टोरबाट शून्य प्रतिशत ब्याजदरमा ग्यालेक्सी जेड फोल्ड ६ हजार ८ सय ५४ रुपैयाँ प्रतिमहिना र ग्यालेक्सी जेड फ्लिप ६ को ४ हजार ५२१ प्रतिमहिनाको दरमा नयाँ फोनहरू प्राप्त गर्न सक्ने छन्।

यी नयाँ फोल्देबलहरूका लागि, सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनका लागि डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि पुर्‍याएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal