Skip to content
Prabhu

कोइलाबास भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन

घोराही । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु. एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु. एक करोड एक लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।

भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको रु. दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको रु. छ सय राजस्व लिने गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि रु. एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal