Skip to content
Prabhu

माथिल्लो कर्णाली निर्माण गर्न भारतीय कम्पनीले ४ अर्ब ६४ करोड लगानी गर्ने, जिएमआरले बेच्यो १० प्रतिशत सेयर

काठमाडौं । माथिल्लो कर्णाली ९०० मेगावाट जलविद्युत् कम्पनी बनाउनको लागि भारतीय कम्पनी नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) ले २ अर्ब ९० करोड भारतीय रुपैयाँ लगानी गर्ने छ ।

यसको लागि इरेडाले जीएमआर अपर कर्णाली हाइड्रो पावर कम्पनी लिमिटेड र कर्णाली ट्रान्समिसन कम्पनी प्रालिमा १० प्रतिशत सेयर स्वामित्व लिएको छ ।

९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनी जिएमआरले लिएको १० वर्षभन्दा बढी भइसकेको छ । वित्तीय स्रोत जुटाउन नसक्दा जिएमआरले परियोजना अगाडि बढाउन सकेको थिएन । यसमा पछिल्लो समय भारतीय कम्पनी भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) जोडिएको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लागि १० प्रतिशत सेयर लिएर लगानी गरेको भारतीय नवीकरणनीय ऊर्जा विकास ऐजेन्सीले परियोजना एसजेभीएनसँगको साझेदारीमा नेपालमा ९०० मेगावाटको जलविद्युत् आयोजनालाई सहजीकरण गर्नको लागि गरिएको जनाएको छ ।

ऊर्जा विकास ऐजेन्सीको सञ्चालक समितिको बैठकले १० प्रतिशत इक्विटी कम्पनीमा लिने विषयमा सैद्दान्तिक स्वीकृति दिएको हो । नेपाल सरकार र भारत सरकारले स्वीकृत दिएपछि लगानीको प्रक्रिया अगाडि बढ्ने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीप कुमार दासले रणनीतिक लगानीले नवीकरणीय ऊर्जा पूर्वाधार विस्तार गर्न र यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिने बताए ।

“९०० मेगावाटको आयोजना नेपालको जलविद्युत क्षमताको उत्पादन गर्न र यसबाट क्षेत्रीय ऊर्जा सुरक्षा र दिगो विकासलाई बढावा दिने एउटा महत्वपूर्ण कदम हो ।”उनले भने।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal