Skip to content

सिरहा कार्यालयद्वारा लक्ष्यभन्दा कम राजस्व संकलन

nabil bank

सिरहा । आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा रु. एक अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु. दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार पाएको थियो । तर, कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु. ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट रु एक करोड ९७ लाख ९३ हजार, ब्याजबापत रु. एक करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु. ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्कबापत रु. ८७ करोड चार लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट रु. चार लाख आठ हजार, शिक्षा क्षेत्रबाट रु. दुई लाख १६ हजार तथा अन्य क्षेत्रबाट रु. सात लाख ९० हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिए।

कार्यालयले आव २०७९/८० मा रु. एक अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवमा कार्यालयको रु. दुई अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो । तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व सङ्कलन गरिएको थियो । उनले भने, ‘देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व सङ्कलनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ ।’

गत आवमा मूल्य अभिवृद्धिकरबापत रु. ४२ करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने आव २०८०/८१ मा रु. ३८ करोड ७१ लाख ९० हजार सङ्कलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु. दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime