Skip to content
Prabhu

रियलमी ब्रान्डका २ स्मार्टफोन सार्वजनिक, मूल्य कति ?

काठमाडौं। मोबाइल ब्रान्ड रियलमीले नेपाली बजारमा दुई स्मार्ट फोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि, नवीन सुविधा र स्टाइलिस डिजाइनले गर्दा युवा प्रयोगकर्तामाझ यी स्मार्टफोनले फरक अनुभव प्रत्याभूति दिने कम्पनीको दाबी छ।

एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागसिप, नाइट फोटोग्राफी चिपसेट र भिसी कुलिङ सिस्टमको साथ जेनजी प्रयोगकर्तालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो७० प्रो ५जी र रियलमी१२ एक्सजीले सुपथ मूल्यमै ग्राहकको पहुँच सुनिश्चित गर्ने बताए। नयाँ स्मार्टफोन नेपाली ग्राहक रोजाइमा पर्ने दाबी उनले गरे।

रियलमी नार्जो ७० प्रो ५जीको उत्कृष्ट क्यामेरा
रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरु फोनभन्दा फरक बनाउँछ र उत्कृष्ट फोटोग्राफी क्षमता दिन्छ। यसबाहेक मास्टरसट एल्गोरिदमले टेलिफोटा क्षमता बढाउँछ भने प्रयोगकर्तालाई प्राकृतिकबाहेक इफेक्टको साथ उत्कृष्ट पोट्रेट खिच्न सक्षम बनाउने कम्पनीले जनाएको छ।

सर्वोत्कृष्ट दृश्य
यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोल्ड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेसले जीवन्त दृश्य देखाउँछ। डिस्प्लेको उच्च रिफ्रेस दरले प्रत्येक अन्तरक्रियालाई रमाइलो बनाउँदै अल्ट्रा–स्मूद स्क्रोलिङ र प्रतिक्रिया दिन्छ।

पावर प्याक्ड प्रदर्शन
डाइमेन्सीटी ७०५० ५जी चिपसेटद्वारा सञ्चालित रियलमी नार्जो ७० प्रो ५जी ले उत्कृष्ट पर्पmर्मेन्स दिन्छ। यो चिपसेटले आधुनिक स्मार्टफोन प्रयोगकर्ताको माग पूरा गर्दै सहज मल्टिटास्किङ, गेमिङ र समग्र प्रणालीको कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

शक्तिशाली ब्याट्री
५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथमा रियलमी नार्जो ७० प्रो ५जी ले लामो समयसम्म चल्ने र द्रुत रिचार्जिङको ग्यारेन्टी दिन्छ। यसले थोरै समय चार्ज गरेर धेरै समयसम्म डिजिटल संसारसँग जोडिन मद्दत गर्छ।

आकर्षक डिजाइन
ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराइजन ग्लास डिजाइनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढी आकर्षक बनाउँछ। मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चरजस्ता उन्नत सुविधा यो स्मार्ट फोनमा उपलब्ध छन्।

रियलमी१२ एक्स ५जीमा सर्वोत्कृष्ट फोटोग्राफी
रियलमी १२ एक्स ५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउँछ र प्रयोगकर्ताले सजिलैसँग उत्कृष्ट तस्बिर खिच्न सक्छन्। यो फोनको पछाडिको २ एमपी क्यामेराले राम्रो र सफा फोटो खिच्ने दाबी कम्पनीको छ।
सेल्फीका लागि यो फोनमा फोटो, भिडियो, पानो, पोट्रेट, नाइट र टाइम–लेप्सजस्ता विभिन्न फोटोग्राफीसहितको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा सुविधा रहेको छ।

उत्कृष्ट डिस्प्ले तथा सहज स्क्रोलिङ
रियलमी१२ एक्स ५जीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी प्लस डिस्प्ले छ, जसले ९५० निटस् सम्मको ब्राइटनेस प्रदान गर्दछ। यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्तालाई सहज स्क्रोलिङ सुविधा दिन्छ।

टिकाउ ब्याट्री
यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ प्रणालीमा काम गर्छ, जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ। यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ।

चलेको डिजाइन
७।६९ मिलिमिटरको मोटाइ र करिब १८८ ग्रामको तौल भएको रियलमी १२ चुस्त ५जी पातलो र एकदमै रुचाइएको डिजाइनमा उपलब्ध छ। यो फोन ट्वाइलाइट पर्पल र वुडल्यान्ड गरी दुई रंगमा उपलब्ध छ। हरेक फोन खरिदमा ग्राहकले यूएसबी टाइप सी केबल, सिमकार्ड निडल, स्क्रिन प्रोटेक्टर फिल्म र सुरक्षा लागि प्रोटेक्टिभ केस पाउन सक्नेछन्।

उत्कृष्ट प्रदर्शन
मेडियाक डाइमेन्सिटी ६१०० प्लस ५जी चिपसेटद्वारा सञ्चालित रियलमी १२ एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको छ। यो चिपसेट र ओक्टा–कोरा सीपीयूको मिश्रणले यो फोनलाई बहुकार्यशाली बनाउने कम्पनीको भनाइ छ।

मूल्य
रियलमी नार्जो७०प्रो ५जीको बजार मूल्य ३३ हजार ९ सय ९९ पर्छ भने रियलमी १२ एक्स ५जीको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal