Skip to content
Prabhu

महासंघ बागमती प्रदेश कार्यालयको अध्यक्ष ढकालद्वारा शिलान्यास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेटौंडामा महासंघ बागमती प्रदेश कार्यालयको शिलान्यास गरेका छन् । 

उक्त कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरएिको छ । व्यावसायिक निर्माण सम्पन्न भएपश्चात आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुनेछ । उद्यमीहरू, स्टार्टअपहरू, र स्थापति व्यवसायहरूले यी सुविधाहरूमार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवं सञ्जालका लागि प्रयोग गर्न सक्छन् ।

शिलान्यास गर्दै महासंघका अध्यक्ष ढकालले व्यापार प्रवद्र्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखेको बताए । यसले स्थानीय उद्यमहरू र अन्तर्राष्ट्रिय साझेदारहरू बीचको सम्बन्धलाई बढावा दिन व्यापार मेलाहरू, उद्योग विशेष कार्यक्रमहरू, र वाणिज्य शिखर सम्मेलनहरू आयोजना गर्ने छ ।

उक्त कार्यालयमा बिजनेस इन्क्यूबेटर र एक्सेलेटरका लागि ठाउँ छुट्याइनेछ । स्टार्टअपहरू र साना व्यवसायहरूले उद्यमलाई विकाश र स्तरोन्न्नति गर्न अभमिुखीकरण, प्रशक्षिण, र स्रोतहरूको पहुँच स्थापित गर्न सक्छन् । यस अनुरूप अनुकुल वातावरणले यस क्षेत्रको समग्र आर्थिक विकासमा योगदान पु¥याउँछ ।

नेपाल उद्योग वाणिज्य महासंघले यस कार्यालयमार्फत, अनुकूल व्यापार नीतहिरूको पैरवी, नियामकिया चुनौतीहरू सम्बोधन र स्थानीय व्यवसायहरूलाई कानुनी सहायता प्रदान गर्नेछ ।

अध्यक्ष ढकालले स्थानीय अर्थतन्त्रलाई रूपान्तरण गर्न कार्यालयको सम्भावना रहेकोमा आशावादी रहेको बताए । सहयोग, नवप्रवर्तन र समावेशीता यसको निर्माण र सञ्चालनका लागि मार्गदर्शक सिद्धान्त हुनेमा उनले जोड दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal