Skip to content

धरान उपमहानगरले ल्यायो १ अर्ब ८९ करोडको बजेट

nabil
global ime

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १५औँ नगरसभाको वैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरे ।

बजेटमा ४२ करोड ९७ लाख ६ हजार रुपैयाँ आन्तरिक स्रोत आय अनुमान गरिएको छ । साथै आन्तरिक राजस्वबाट ४८ करोड ४१ लाख ३४ हजार दुई ८० रुपैयाँ, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख रुपैयाँ, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार संघीय राजस्व बाँडफाँटबाट २१ करोड ३४ लाख रुपैयाँ प्रदेश राजस्व बाँडफाँटबाट२४ करोड आठ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि ४५ करोड ८२ लाख २९ हजार रुपैयाँ, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यमा आठ करोड तीन लाख ८४ हजार रुपैयाँ, सामाजिक विकासमा चार करोड ४१ लाख रुपैयाँ, आर्थिक विकासमा एक करोड ८४ लाख ९४ हजार रुपैयाँ, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा एक करोड ४० लाख रुपैयाँ, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।

साथै सूचना तथा सञ्चारतर्फ २५ लाख ५० हजार रुपैयाँ, कानुन तथा न्याय सम्पादनतर्फ १० लाख रुपैयाँ, सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख रुपैयाँ, राजश्व परिचालनमा २३ लाख रुपैयाँ, वडा पूर्वाधार निर्माणमा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मेयर भिजन कार्यक्रममा पाँच करोड रुपैयाँ, उपमेयर भिजन कार्यक्रममा तीन करोड रुपैयाँ विनियोजनका साथै मेयर कोषमा एक करोड ८० लाख रुपैयाँ, उपमेयर कोषमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T