Skip to content

एनसीसी कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयमा ‘बृहत् रक्तदान कार्यक्रम’

nabil bank

कतार ।

राजदूतावास कतार, एनआरएन एनसीसी कतार र नेपाली रक्तदाता संघ कतारको समन्वयमा ‘बृहत् रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ ।

आयोजक सस्थाको रुपमा ६२ संघ सस्थाहरु, कार्यक्रम मा उपस्थित कतारमा रहनु भएका नेपाल सरकारका पूर्व उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल , नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी , रक्तदान गर्नु हुने १ सय ११ जना रक्तदाता , आईसीसी संस्थापक सदस्य, पुर्व सल्लाहकार, आईसीसी पुर्व पदाधिकारी, आईसीसी सदस्य, एनसीसी पूर्व अध्यक्ष, निबर्तमान आईसीसी मानार्थ परिषद सदस्य, पुर्ब आईसीसी सदस्य, एनसीसी प्रमुख सल्लाहकार जैबी राई, र सल्लाहकार तथा एनआरएनए अभियन्ता , कतारमा स्थापित सम्पुर्ण नेपाली संघ९संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अभियान्ता, कलाकार, खेलाडी, पत्रकारहरु, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु प्रतिअध्यक्ष रमेश भट्टले हार्दिक धन्यवाद सहित आभार ब्यक्त गरेका छन् ।


बिहान ८ बजेदेखि नेपाली दूतावासको सभाहलमा शुरु भएको रक्तदान कार्यक्रम एनसीसीका महासचिव रबिन मगरले रक्तदान गर्दै शुभारम्भ गरेका थिए। कार्यक्रममा उपस्थित ३५० जना भन्दा बढी महानुभाव ज्यूहरु तथा रक्तदान गर्नको लागि नाम टिपाएका   १ सय ४७ जना र रक्तदान गरेका १ सय ११ जना  प्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै समय अभाव र सिमित बेड क्षमताका कारण रक्तदान गर्न छुट्नु भएका महानुभाव प्रति क्षमायाचना गर्दै आगामी दिनहरुमा यस प्रति ध्यान दिने प्रतिबद्दता ब्यक्त गरेका छन् ।


अन्तमा कार्यक्रम सम्पन्न गर्न समन्वयन गर्नु हुने नेपाली र राजदूतावास कतारका कार्यबाहक राजदूत कुमार राई र दूताबास परिवार , नेपाली रक्तदाता संघ कतार का अध्यक्ष रामजी खत्री र सम्पुर्ण सदस्य, हमद हस्पिटल र हमद ब्लड डोनर सेन्टरका स्वास्थ्यकर्मी प्रति हार्दिक धन्यवाद सहित भट्टलेआभार ब्यक्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime