Skip to content
Prabhu

विद्युत् प्राधिकरणसँग प्रमाण नभए उद्योगले महसुल तिर्न पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणसँग उद्योगहरुले ट्रंकलाइन र डेडिकेटेडको प्रमाण नभएमा महसुल तिर्न नपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले विद्युत् महसुलको विवाद पुरानो रहेको प्रणाको आधारमा यसलाई छलफल र बहसबाट टुंगो लगाउने बताए । प्राधिकरणले बिल पठाएकोमा उद्योगीले प्रमाण मागेको भन्दै प्रमाण भएमा विद्युत् महसुल तिर्नुपर्ने बताए ।

उनले माओवादी सांसद्हरुले महसुल  तिर्नुपर्दैन भनेर यसलाई अनावश्यक राजनीति गरेको भन्दै असन्तुष्टी व्यक्त गरे । प्राधिकरण र उद्योगीबीच ९ वर्षदेखि विवाद रहेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal