Skip to content
Prabhu

गतवर्ष १४ खर्ब ४० अर्बको व्यापारघाटा अघिल्लो वर्षको भन्दा घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापारघाटा भोगेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १.१६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ३.०३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको थियो । गत वर्ष नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब छ । आयात घटेको कारण व्यापारघाटा ०.९६ प्रतिशतले कम भएको छ ।

गतवर्ष सबैभन्दा सबैभन्दा आयात भारतबाट ९ खर्ब ९६ अर्ब रुपैयाँ भारतबाट आएको छ । निर्यातमा पनि सबैभन्दा बढी सामान भारतमा नै गएको छ । भारतमा १ खर्ब ३ अर्बको सामान गएको छ । दोस्रोमा बढी व्यापार हुने चीन पर्छ । चीनबाट गत आर्थिक वर्षमा २ खर्ब ९८ अर्ब रुपैयाँको सामान आएको छ । निर्यात २ अर्ब ५० करोड छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal