Skip to content

नेपाल–भारत उद्योग वाणिज्य संघको गोलमेच सम्मेलन सम्पन्न

 

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघको गोलमेच सम्मेलन भारतको गुवाहटीमा सम्पन्न भएको छ । भारतको आसाम राज्यको गुवाहटीमा ‘‘समाबेशी विकाशका लागि उत्तर पूर्वी भारतमा अन्तरदेशीय आर्थिक करिडोर’ शीर्षकमा एक गोलमेच सम्मेलनको आयोजना भयो । 

उत्तर पूर्वी भारतको आर्थिक  विकास परिदृश्यको रुपमा यो हप्ता प्रमुख सरोकारवाला बिभिन्न राष्ट्रका प्रतिनिधिहरुको महत्वपूर्ण भेला भएको थियो  । आसाम सरकाराको भारतको एक्ट ईष्ट नीतिअन्तर्गतको सरकारी बिभागद्वारा आयोजना  गरिएको उक्त कार्यक्रमले अन्तरदेशीय आर्थिक करिडोरको स्थापनामार्फत ईण्डो–प्यासिफिक क्षेत्रका देशहरुसंग भारतको आर्थिक, रणनीतिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्य राखेको थियो । 

भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)को पूर्वोत्तर सल्लाहकार परिषद अध्यक्ष  रञ्जित  बर्ठाकुरको स्वागत मन्तब्यका साथ सुुरु भएको उक्त गोलमेच कार्यक्रमको आसामका मुख्यमन्त्री डा हिमन्त विश्व शर्मा, सचिव मानबेन्द्र प्रताप सिंहलगायत सम्मानित ब्यक्तित्वहरुद्वारा उद्घाटन गरिएको थियो । 

कार्यक्रममा उत्तर प्रदेश एक्ट ईष्ट नीति मामिला सम्बन्धि मन्त्री चन्द्र मोहन पोटवरी, भारतीय बिदेश मन्त्रालय बिमस्टेक तथा सार्क बिभागका सह सचिव  सिएसआर राम, भारतीय बिदेश मन्त्रालयका अतिरिक्त सह सचिव  रबि कोटा, भुटानका लागी भारतीय राजदूत श्री सुधाकर दलेला, नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तव, एसियाली विकास बैंकका कन्ट्री डाइइरेक्टर होय युन नियोंग, भारतीय लैण्डपोर्ट अथोरिटीका अध्यक्ष श्री आदित्य मिश्रा, गुहाटीमा बंगलादेशका असिस्टेण्ट हाई कमिशनर  राहुल अमिन, नेपाली राजदूतावासका इकोनोमिक मिनीस्टर  तारानाथ अधिकारीलगायत विशिष्ट ब्यक्तित्वहरुले सम्बोधन गरेका थिए । 

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा एशियन इन्ष्टिच्युट अफ इकोनोमिक डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सका संस्थापक सुनिल केसीले दक्षिणपूर्वी एसियाको प्रबेशद्वारको रुपमा उत्तर पूर्वी  भारतको भूराजनीतिक महत्वलाई जोड दिंदै यस क्षेत्रमा शान्ति, स्थिरता र पारस्परिक समृद्धिका लागि आर्थिक सम्बन्ध्लाई बढावा दिनुपर्ने विषयमा जोड दिए । 

अन्तरदेशीय आर्थिक करिडोरका सम्भावित फाईदाहरुलाई जोड दिंदै श्री केसीले ब्यापारको मात्र बढाउन,  रोजगारी सिर्जना गर्न, पूर्वाधार बिकासलाई उत्प्रेरित गर्न र समाबेशी बिकासलाई बढावा दिन यस क्षेत्रको  भूमिका महत्वपूर्ण रहने बिचार ब्यक्त गर्दै यस्तो खालको क्षेत्रीय आर्थिक बिकासको परिदृश्यमा यस्ता  खालको पहलको सफलताको लागी बलियो पूर्वाधार, सहज ब्यापार प्रवाह र प्रभावकारी नीतिगत समन्वयको आवश्यकतामा जोड दिए । 

श्री केसीले बिशेष गरी सीमान्तकृत समुदाय, वातावरणीय दिगोपन र जिम्मेवार बिकास अभ्यासहरुमा ध्यान केन्द्रित गर्दै सामाजिक आर्थिक बिकास र समाबेशी बृद्धिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोडा दिए । अन्तमा  केसीले उत्तर पूर्वी भारतमा अन्तरदेशीय आर्थिक करिडोर स्थापना गर्ने कार्य सफल भए यस क्षेत्रका सबै सरोकारवालाहरुलाई फाइइदा पुग्ने र जीवन्त र दिगो आर्थिक करिडोरको परिकल्पनालाई 

साकार पार्न सरकार, नीजी क्षेत्रका संस्थाहरु, नागरिक समाजका संगठनहरु र अन्तर्राष्ट्रिय साझेदारहरुलगायत सरोकारवालाहरु बीचको सहकार्यको आवश्यकतामा जोड दिए । गोलमेच सम्मेलनले वार्ता र सहयोगको लागी एक बहुमूल्य प्लेटफर्म प्रदान गरेको र यसले क्षेत्रीय  सहयोगलाई बढावा दिने र उत्तर पूर्वी भारतमा साझा समृद्धि हासिल गर्ने उद्देश्यले भविष्यको लागि आधार तयार पारेको बताए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T