काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेका उद्योगमा आजदेखि लाइन जोड्ने भएको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ३ महिनाभित्रमा महशुल तिराउने गरेर लाइन काटिएका उद्योगमा आजदेखि लाइन जोड्ने भएको हो ।
प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको महशुल नबुझाएको भन्दै ६ वटा ठूला उद्योगमा लाइन काटेको थियो । करिब एक दशकदेखि प्राधिकरण र उद्योगीबीच चलेको यो विवाद पछिल्लो समय राजनीतिक मुद्दा बनेको छ ।
प्रतिक्रिया दिनुहोस्