काठमाडौं । सातोको चौथो कारोबार दिन बुधबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिनज १ लाख ४५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २९ पैसामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्