Skip to content

सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिएर दुर्घटना, १८ जनाको मृत्युः नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र १ जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्राधिकरणका अनुसार अनुसार बिहान ११ः११ बजेमा पोखरा उडानको क्रममा उड्ने बित्ति कै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो।

नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को–पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T