Skip to content

विश्व बैंकको सहयोगमा दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रे गरिँदै

तनहुँ । विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको छ । 

विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७।१ किलोमिटर दूरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ । 

भट्टराईले भने, ‘१५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाको रुपमा छनोट गरेको थियो ।’ उनका अनुसार शुक्लागण्डकी–४ दुलेगौँडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । 

उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । इजिनियर भट्टराईले भने, ‘उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।” दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५।५ मिटर कालोप, कालोपत्रको दुवै छेउमा एकरएक मिटरको नाला निर्माण हुने उनले जानकारी दिए ।

शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । कच्ची सडकका कारण हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । 

सडक कालोपत्र भएपछि सहज रुपमा आवतजावत गर्न सकिने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताए । उनले भने, ‘यो सडकलाई हामीले नगरको गौरवको आयोजनाको रुपमा राखेका छौँ । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्नुका साथै आन्तरिक पर्यटकलाई लामागाउँसम्म जान समेत सजिलो हुनेछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima