Skip to content

काँकडभिट्टा नाका ८ करोडको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा ८ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ ।

काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा ४ करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।

यसैगरी, सोही अवधिमा १ करोड ६५ लाख २० हजार रुपैयाँको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजार रुपैयाँको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजार रुपैयाँको ११ मेट्रिक टन अमला, १२ लाख रुपैयाँ मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima