Skip to content
Prabhu

एकैदिन सुनको मूल्य तोलामा २४ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७६ दशमलव २९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ९२ पैसामा कारोबार भइरहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal