Skip to content

सूर्योदय वोमी लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ। संस्थाको बिहीबार (आज) बसेको सञ्चालक समितिले साउन ३२ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

कम्पनीले वार्षिक साधारणसभामा बोनस सेयर वितरण गर्ने र आर्थिक वर्ष वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल सहित पारित गर्ने मुख्य एजेण्डा तय गरेको छ । कम्पनी सूचना जारी गर्दै साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम थप सार्वजनिक सेयर निष्काशन (एफपीओ) मार्फत थप भएको सेयर सहित कायम चुक्ता पुँजीको १४.००५१४३ प्रतिशतले हुने रकम बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोनस सेयर प्राप्त गर्न सेयरधनीहरुले लाभांश कर वापत नियमानुसारको रकम भुक्तानी गर्ने जानकारी दिएको छ ।

त्यस्तै थप सार्वजनिक सेयर निष्काशन (एफपीओ) भएको सेयरलाई चुक्ता पुँजीमा वृद्धि गर्ने एवं बोनस सेयरलाई अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजीमा वृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।

सभा प्रयोजनको लागि साउन २४ गते एक दिनका लागि वित्तीय संस्थाको सेयरधनी दर्ता किताब शेयर दाखिला खारेज दर्ता बन्द रहने पनि कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T