Skip to content
Prabhu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार भन्दा सुन तोलामा १ हजार रुपैयाँ र चाँदी १० रुपैयाँले महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४५ हजारमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३८७.०३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.९१ पैसामा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal