Skip to content

कर्णालीमा पर्यटनः २ करोड १४ लाख राजस्व संकलन

nabil bank

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार नौ सय १७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०्८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार दुई सय रुपैयाँ, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार रुपैयाँ , काक्रेबिहारबाट ११ लाख ५० हजार तीन सय रुपैयाँ र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार चार सय १७ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख ‘भ्यूटावर’बाटसंकलन भएको राजस्व यसमा समावेश भएको छैन ।

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life