Skip to content
Prabhu

प्रतिनिधिसभामा एमालेद्वारा तीन मन्त्रीको राजीनामा माग

काठमाडौं । नेकपा एमालेले  आजको प्रतिनिधिसभाको बैठकमा एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेको छ। एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको माग गरे ।

प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने तर लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा  पर्यटनमन्त्री किरातीको संलग्नता रहेको पन्तले बताए ।

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal