Skip to content

भुटानमा लगानी गर्न एलन मक्स र अडानी तयार, नेपालमा टुंगो नहुँदै विरोध सुरु

nabil bank

काठमाडौं । दुई दिन अगाडि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले सेटलाइट इन्टरनेटमा काम गर्ने कम्पनी स्टारलिंक स्वागत छ भने सामाजिक सञ्जालमा एक्समार्फत सार्वजनिक गरे । गत साता भुटानमा स्टारलिंकमा ग्लोबल लाइसेन्स निर्देशक रहेकी रेबेका हन्टरसँग भेटवार्ता गरेका थिए ।

केही साता अगाडि भारतीय अर्बपति गौतम अडानीले भुटानमा लगानी घोषणा गरेका छन् । ५७० मेगावाटको जलविद्युत् आयोजनामा अडानीले लगानी गर्ने घोषणा गरेका छन् ।

नेपालमा पनि जलविद्युत् र विमानस्थलमा भारतीय अर्बपति अडानीले लगानी गर्ने चासो दिएका छन् । चासो मात्र दिएको अवस्थामा विगतमा जस्तै लगानी आउने बेला विरोध मात्र गर्ने कथित राष्ट्रवादी भन्नेहरु विरोधमा उत्रिसकेका छन् ।

नेपालमा अहिले सञ्चालित ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवा र पोखरा विमानस्थल चल्न सकेको छैन । भैरहवा विमानस्थल सञ्चालनका लागि अडानी समूहले अहिलेसम्म चासो मात्र दिएको हो । नेपालले यसका लागि आवश्यक पर्ने कानुनी प्रक्रियाहरु अगाडि बढाउन सकेको छैन । चासो मात्र दिएकै बेला भने राष्ट्रवादको नाममा विरोध गर्नेहरु उत्रिसकेका हुन् ।

कूटनीतिक र लगानी क्षेत्रका जानकार अरुण सुवेदी देश बनाउन नचाहने राष्ट्रवादीहरुले लगानीको जहिले पनि विरोध गर्ने गरेको त्यो अहिलेसम्म कायम रहेको बताउँछन् । ‘कम्युनिस्ट भनेर चिनिएको चीनले विदेशी लगानीबाट प्रगति गरेको छ,’ सुवेदीले भने, ‘भियतनाम र लाओसको विकासका कथामा विदेशी लगानीको भूमिका नै महत्वपूर्ण छ,यहाँ लगानी आएको छैन विरोधमा उत्रने बढी भए।’

सुवेदी लगानीकर्तालाई आकर्षित गर्ने भन्ने विरोध गर्ने खोक्रो राष्ट्रवादले समस्या निम्तिएको बताउँछन्। ‘व्यवसाय बढाएर बलियो देश समृद्ध बन्ने यात्रामा हामीहरु हिँडेका छैनौं,’ सुवेदीले भने, ‘रेड कार्पेट राखेर स्वागत गर्नुपर्ने लगानीकर्तालाई खेद्ने मात्र नीति छ ।’

लगानीकर्तालाई स्वागत गर्ने भन्ने भन्दा दुःख दिने नीति नेपालमा धेरै छ । एकद्धार प्रणाली भनिए पछि व्यवसाय धेरै ठाउँमा दर्ता गर्नुपर्ने र कर पनि धेरै ठाउँमा तिनुपर्ने समस्या नेपालमा छ ।

भैरहवा र पोखरा विमानस्थल विदेशी लगानीकर्तालाई दिएर चलाउनेभन्दा पनि बिल्डिङ मात्र देखाएर खुसी हुने अवस्था नेपालमा देखिएको छ । चीनको ऋणमा चिनियाँ ठेकेदारले बनाएको पोखरा विमानस्थल र एडीबीको ऋणमा बनेको भैरहवा विमान स्थल चल्न सकेको छैन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi