Skip to content
Prabhu

दुई दिनमा सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको मूल्य सोमबार पनि बढेको छ । आइतबार पनि बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो दुई दिनको अवधिमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले महँगो भएको छ ।

आइतबार तोलामा १ हजार रुपैयाँले सुन महँगो भएको थियो । महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले महँगो भएको छ । आज चाँदी तोलामा १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३९४.४१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.०९ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal