Skip to content

आइडियाकी सजिना राई कोप–२९ मा आबद्ध

काठमाडौं । परराष्ट्र मामिलासम्बन्धी अध्ययन गर्ने संस्था एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर (आइडिया) की कार्यक्रम निर्देशक सजिना राई संयुक्त राष्ट्रसंघको वातावरण परिवर्तनसम्बन्धी सम्मेलन कोप–२९ मा आबद्ध भएकी छिन्।

आइडियाकी कार्यक्रम निर्देशक तथा रिसर्च फेलो रहेकी राई नेपालबाट कोप–२९ प्रेसिडेन्सीको साइन्टिफिक काउन्सिलको बोर्ड सदस्य चयन भएकी हुन्।

राई अरबैजानको एडीए विश्वविद्यालयको निमन्त्रणामा कोप–२९ मा आबद्ध भएकी हुन्। राई आइडियामा लामो समयदेखि कार्यरत रहेकी छिन्। एडीए विश्वविद्यालय कोप–२९ प्रेसिडेन्सीको मुख्य शैक्षिक साझेदार हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T