Skip to content

कागजपत्र दुरुपयोग गरी गैरकानुनी रुपमा जापान लैजाने समिर लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ

जापान, एनआरएनए जापानका कागजपत्र दुरुपयोग गरी गैरकानुनी रुपमा मानिसहरुलाई जापान ल्याउने समिर लामा लाई अनुसन्धानको लागि त्रिभुवनअन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने बित्तिकै पक्राउ गरिएको छ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) जापानले मिति २०२४ जुलाई २३ तारिखमा आयोजना गरेको पत्रकार सम्मलेनमा समिर लामाले एनआरएनए जापान र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई पर्यटन भिसामा जापान ल्याएको स्विकारेका थिए।

यस्तो गलत कार्यमा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, उपाध्यक्ष सुभास लामिछाने    र अन्य कुनै पनि पदाधिकारी संलग्नता नरहेको पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेका थिए।

सबै जनाको सल्लाह सुझाव लिएर एनआरएनए जापानको कागजात किर्ते गर्ने काममा संलग्न रहेका समिर लामालाई नेपालमा कानुनको जिम्मा लगाएर कारवाही गर्ने निर्णय भएकाले नेपाली दूतावास लाई निवेदन दिएर अनुसन्धान ब्यूरो (सीआईबी) सँग समन्वय गरेको एनसीसी जापानले जनाएको छ।

आज त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने बित्तिकै समिर लामालाई पक्राउ गरि अनुसन्धानको लागि लगिएको जानकारी ( एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछाने आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छन्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T