Skip to content
Prabhu

राजस्व सचिव रामप्रसादलाई अर्थसचिवको जिम्मा, राजस्वमा आए दिनेश घिमिरे, मधुको सरुवा उपराष्ट्रपति कार्यालयमा

काठमाडौं । सरकार परिवर्तनसँगै अर्थमन्त्रालयको सचिव परिवर्तन भएको छ । राजस्व सचिव रहेका रामप्रसाद घिमिरेलाई सरकारले अर्थसचिवको जिम्मा दिएको छ ।

अर्थसचिव रहेका मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ । कामको हिसाबले हेर्दा उपराष्ट्रपतिको कार्यालयमा पठाइने सचिवलाई सरकारले नरुचाएको भन्ने बुझिन्छ ।

यस्तै सरकारले उद्योग वाणिज्य मन्त्रालयमा रहेका दिनेश घिमिरेलाई राजस्व सचिवको जिम्मा दिएको छ । अर्थसचिव जिम्मेवारी पाएका रामप्रसादलाई बिष्णु पौडेलले अर्थमन्त्रालयमा ल्याएर राजस्व सचिवको जिम्मा दिएका थिए । उनी पछि मन्त्री भएका डा.प्रकाशरण महत र वर्षमान पुनले अर्थसचिव परिवर्तन गरेपनि राजस्व सचिव भने परिवर्तन गरेका थिएनन् । अर्थसचिव राष्ट्र बैंकको सञ्चालक समितिको पनि पदेन सदस्य हुने व्यवस्था छ । केही नियामक निकाय नियुक्ति गर्ने बेला छनोट समितिमा समेत अर्थसचिव पदेन सदस्य हुने व्यवस्था छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal