Skip to content
Prabhu

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ४५ हजार ४ सय कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३८६.८५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २७.९१ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal