Skip to content
Prabhu

के हो अर्बपति बन्ने तरिका ? भाग्य, ट्यालेन्ट वा टाइमिङ ?

बीबीसी । माइम आर्ट पढ्ने इटलीका एक कम्युनिस्ट छात्र, तीव्र गतिको बलमा ध्यान केन्द्रित गर्ने एक प्रतिभाशाली बच्चा र एक कमेडियनमा के समानता हुनसक्छ ? वास्तवमा, यी तीनै जनापछि भविष्यमाएक विशेष वैश्विक समूहको हिस्सा बनेका छन् ।
यहाँ चर्चा मिउचिया प्राडा, टाइगर वुड्स, र जेरी सेनफिल्डको भइरहेको छ । जो अब विश्वका २८०० अर्बपतिको सूचीमा समेटिएका छन् । उनीहरु  मात्रै होइन यस सूचीमा संसारका विभिन्न देशका मानिसहरू सामेल छन् ।
विश्वभरका धनीहरूको सूची तयार गर्ने अमेरिकन मिडिया फर्म फोर्ब्सका अनुसार अर्बपतिहरूको संख्याको मामलामा पहिलो स्थानमा अमेरिका छ, जहाँ ८१३  जना अर्बपति छन् । दोस्रो स्थानमा हङकङसहित चीन छ, जहाँ ४७३ अर्बपति छन् भने तेस्रो स्थानमा भारत छ । जहाँ २०० अर्बपति छन्।
यी अर्बौंको सम्पत्तिको बारेमा अन्दाज लगाउनु कठिन छ । एक अर्ब एक ठूलो संख्या हो । यसको अन्दाज लगाउन तपाईँ यसरी बुझ्न सक्नुहुन्छ कि १० लाख सेकेन्ड ११ दिन बराबर हुन्छ, जबकि एक अर्ब ३२ वर्ष बराबर हुन्छ ।
केही मानिसहरू त अर्बपतिहरूको अस्तित्वलाई नै उचित मान्दैनन् ।
विश्वका ८१ व्यक्तिसँग  चार अर्ब गरिबसँग भन्दा बढी सम्पत्ति
संसारका ८१ धनी व्यक्तिहरूको कुल सम्पत्ति संसारका चार अर्ब गरिब मानिसहरूभन्दा बढी छ । असमानताको बारेमा २०२३ मा मा ओक्सफैमले एउटा रिपोर्टमा भनेको थियो, “हरेक अर्बपति नीतिगत गल्तीको परिणाम हो । बढ्दो गरिबी र जिउनेका लागि आवश्यक स्रोतहरूको संकटको बीचमा रेकर्ड मुनाफासँगै फस्टाउँदो अर्बपतिहरूको हुनु मानवताका लागि काम गर्न असफल भएको आर्थिक व्यवस्थाको प्रमाण हो ।”
यस असमानताको कारण धेरै देशहरूमा आम्दानीमा करको सट्टा सम्पूर्ण धनमा कर लगाउने कुरा भइरहेको छ ।
अमेरिकामा डेमोक्रेटिक पार्टीकी सिनेटर एलिजाबेथ वारेनले ५  करोड डलरको सम्पत्तिमा दुई प्रतिशत र एक अर्ब डलरको सम्पत्तिमा तीन प्रतिशत करको प्रस्ताव गरेकी छन् ।  जबकि केही अन्य मानिसहरूको तर्क छ कि धेरै धन सम्पत्तिको सम्भावनाले नयाँ–नयाँ रचना र आविष्कारहरूलाई प्रोत्साहन दिन्छ, जसले करोडौं मानिसहरूको जीवनलाई सुधार गर्छ ।
केही अर्थशास्त्रीहरू अर्बपतिहरूको संख्या बढाउन चाहन्छन् 
यी सबैका बीच अमेरिकन अर्थशास्त्री माइकल स्ट्रेन तर्क गर्छन् कि हामीलाई कम होइन र धेरै अर्बपतिहरूको आवश्यकता छ ।
उनी नोबेल पुरस्कार विजेता विलियम नॉर्डहाउसको सिद्धान्तलाई उदृत गर्छन्, जसमा नॉर्डहाउसले प्रविधि जगतसँग सम्बन्धित आविष्कारहरूबाट प्राप्त मुनाफाको दुई प्रतिशत मात्र संस्थापकहरू र आविष्कारकहरूलाई जान्छ, बाँकी समाजमा जान्छ भन्ने तर्क गरेका थिए ।
अर्बपतिहरूका बारेमा स्ट्रेन भन्छन् “उनीहरू स्वनिर्मित आविष्कारकहरू हुन् जसले जीवन जिउने तरिकालाई परिवर्तन गरेका छन् ।” यसको पक्षमा उनी बिल गेट्स र स्टिभ बाल्मरको उदाहरण दिन्छन्, जसले कम्प्युटिङको दुनियामा क्रान्तिकारी परिवर्तन ल्याए ।
स्ट्रेन प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेट र जेफ बेजोसको पनि उदाहरण दिन्छन् । उनी भन्छन् बफेट र बेजोसले खुद्रा क्षेत्रलाई प्रवर्द्धन गरे जबकि एलन मस्कले अटोमोटिभ उद्योग र अन्तरिक्ष व्यापारलाई परिवर्तन गरिदिए ।
स्ट्रेन सबै ‘नीतिहरूको असफलता’ को कारण अर्बपति नबनेको तर्क गर्छन् । बरु यी आफ्नै नविनतम सोच र मेहनतको कारण यस स्तरमा पुगेका छन् । “हामीलाई उनीहरूको अर्बपति नबन्ने कामना गर्ने सट्टा उनीहरूको सफलताबाट खुसी हुनुपर्छ”, उनले भने ।
धेरै अर्बपतिहरू ठूलो रकम दान गर्छन् । गेट्स र बफेटले ‘द गिभिङ प्लेज’ जस्तो पहल गरे, जसअन्तर्गत आफ्नो सम्पूर्ण जीवनकालमा आधाभन्दा बढी सम्पत्ति दान गर्ने प्रतिबद्धता देखाए । त्यस्तै ‘द गिभिङ प्लेज’ मा विश्वासै नै नगर्ने र्यापर बिजनेस मोगल अर्बपति जे–जेडले आफ्नो सम्पत्तिको बचावमा भने, “यदि म गरिब हुन्थें भने आफ्ना जस्ता मानिसहरूको सहयोग गर्न सक्दिन थिएँ । त्यसैले म धनी भएँ र उनीहरूको सहयोग गरें । मेरो लागि यो हरेक अवस्थामा जित्ने जस्तै हो ।”
कसरी कोही अर्बपति बन्छ? 
कोही पनि यत्तिकै अर्बपति बन्दैन । उनीहरूको सफलताले हामीलाई हाम्रो बारेमा पनि बताउँछ । कसैका लागि धनी बन्नु तबसम्म गाह्रो छ जबसम्म उनीहरूले मानिसहरूलाई यस्तो केही दिँदैनन्, जसको तिनीहरूलाई आवश्यकता हो या जसले तिनीहरूलाई अत्यन्त खुशी पु¥याउँछ । जस अर्बपतिहरूको चर्चा गरिन्छ, तिनले कम या धेरै तर कुनै न कुनै स्तरमा विश्वलाई परिवर्तन गरेका छन् । चाहे त्यो प्राडाका उत्पादनहरू हुन् या स्टार वार सिनेमा या टिक टक ।
यति मात्र होइन, तिनले यी सबै हासिल गर्ने किस्साहरू पनि रोचक छन्।
उदाहरणका लागि, गूगल सर्च इन्जिनलाई यसको संस्थापकहरूले सुरुवाती स्वरूपमा १० लाख डलरमा बेच्न चाहन्थे, तर तब कसैले किन्न चाहेनन् । आज गूगलको मूल्य २३ खर्ब  डलर छ जबकि यसको सह–संस्थापक सर्गी ब्रिनको निजी सम्पत्ति १३५ अर्ब डलर छ । जुन लगभग मोरक्को जस्तो देशको जीडीपी बराबर हो ।
मिउचिया प्राडा सन् १९६० को दशकमा इटलीमा एक वामपन्थी मारिया बियांची थिइन् । उनको नाम मारिया बियांचीबाट परिवर्तन गरी मिउचिया प्राडा राख्नुअघि उनी थिएटर स्कूलमा ‘माइम’ आर्ट अध्ययन गरिरहेकी थिइन् । माइम आर्ट मूक अभिनयको एक शैली हो । यसमा मात्र अनुहारको हावभाव, संकेतबाट कुरा बुझाइन्छ ।
आफ्नै दममा अर्बपति बन्ने भारतकी पहिलो महिला किरण मजूमदार शॉले बियर बनाउन सुरु गरेकी थिइन् । पछि औषधि उद्योगमा हात हालेर उनको नाम एसियाकी सबैभन्दा ठूलो इन्सुलिन उत्पादकहरूमा समावेश भएको छ ।
अमेरिकी हास्य कलाकार र अभिनेता जेरी सेनफिल्डका आमा–बुवा दुवै अनाथ थिए । उनका पिताले कहिल्यै जेरीलाई अंगालोमा राखेनन् । शायद यही कारण हो कि लेरी डेविडले आफ्ना हिट कमेडी सेनफिल्डमा यो प्रसिद्ध लाइन राखेका थिए– नो हगिङ एन्ड नो लर्निङ ।
यी अर्बपतिहरूको सफलता प्रायः व्यापक ऐतिहासिक, राजनीतिक र प्राविधिक प्रवृत्तिहरूको कथा पनि बताउँछ ।
अली बाबा का सह–संस्थापक ज्याक मा पनि एक साथ विकास भएका दुई शक्तिहरूको लाभ उठाए । त्यतिबेला अनलाइन रिटेलको बजार बढ्दै थियो र अर्कोतर्फ चीन पनि मजबुत अर्थव्यवस्था बरिहेको थियो । त्यहाँका मानिसहरूमा समृद्धि बढिरहेको थियो।
सफलतामा धेरै हिस्सेदारहरू हुन्छन् 
यस्ता कथाहरू छन्, जहाँ भाग्यलेसबैभन्दा ठूलो भूमिका खेलेको छ ।
सन् १९६० का दशकको अन्त्यमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकका ती प्रमुख  स्कूलहरूमा जान्थे, जहाँ कम्प्युटर थियो । त्यस्तै, रिहानालाई अडिशन दिने मौका तब मात्रै प्राप्त भयो जब एक रेकर्ड प्रोड्युसर बारबाडोसमा छुट्टिहरूमा थिए ।
त्यस्तै, केही मानिसहरूका लागि परिवार सबैभन्दा सहायक साबित भएका छन् ।
प्रसिद्ध गायिका टेलर स्विफ्टको सबै परिवार उनकी छोरीको करियरलाई अघि बढाउनका लागि पेन्सिलभेनियाबाट नैशविल सरेको थियो । त्यस्तै, अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनकी आमा को सल्लाह थियो कि उनले एडिडास या कन्भर्स जस्तो खेलकूद कम्पनीसँग कुनै सम्झौता गर्नुअघि ‘नाइकी’ पनि कुरा सुन्नु उपयुक्त हुन्छ । पछि यही सम्झौता खेल इतिहासमा सबैभन्दा ठूलो सम्झौता साबित भयो ।
यी कथाहरूमा केही यस्ता क्षणहरू पनि छन् जसले यी अर्बपतिहरूको जीवन र भाग्यलाई परिवर्तन गरिदिएका छन् ।
तर जब अवसरका ढोकाहरू खुल्छन् तब तपाईं तिनीहरू बीच सबै समेट्दै जानुपर्छ । र, यदि यी सबैमा कुनै एक समान कुरा हुन्छ भने त्यो हुन्छ ऊर्जा, प्रेरणा र प्रतिबद्धता जुन यस्ता मानिसहरूले आफ्नो–आफ्ना क्षेत्रहरूमा ल्याएका छन् ।
मलाई लाग्छ कि हाम्रा जस्ता मानिसहरू शायद कहिल्यै केही ठूलो गर्न सक्दैनन् तर हामी ती  अर्बपति मानिसहरूबाट प्रभावित, मोहित, अचम्मित र धेरै पटक केही डराएका भने पक्कै हुन्छौँ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal