Skip to content
Prabhu

तनहुँमा १ वर्षमा ७७१ उद्योग दर्ता, १ हजार १३७ उद्योग नवीकरण

दमौली । आर्थिक वर्ष २०८०/८१ तनहुँमा ७ सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा १ हजार १ सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् ।

आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७९र८० मा ६६ लाख चार हजार एक सय ६५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal