Skip to content
Prabhu

सुन तोलामा १८ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार जेताबी सुनको मूल्य १ लाख ४५ हजार ३ सय कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४१६.८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.५७ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal