Skip to content
Prabhu

नेपाल बिटुमिन उद्योगले एकैदिन गर्यो तीन वर्षको साधारणसभा, सञ्चालकमा तीन जना निर्वाचित

 

काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको फागुन ६ गते  आइतबार अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक  प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय ललितपुरमा भर्चुअल माध्यमबाट कन्फरेन्स जुममार्फत सम्पन्न भयो । 

सो सभामा सेयरधनीहरूको प्रश्नको जवाफको उत्तर प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले दिएका थिए । उनले आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा विगतमा इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेको जनाकारी दिएका थिए । 

यसैगरी हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको जानकारी गराएका थिए । यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिएदिई बिक्री बढाउन पहल भएकोमा आब २०७९÷०८० मा बिक्री वृद्धि भएको सभालाई जानकारी गराए ।

 त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमुना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको बताए र अव वार्षिकरुपमै साधारणसभा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे  ।  नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाइ पनि रहेको बताए ।

विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको छ ।  त्यसैगरी सभामा ३५ प्रतिशत सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्पmबाट  अशोककुमार श्रेष्ठ र  श्यामकृष्ण श्रेष्ठ यस उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकास आचार्य चयन भएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal