Skip to content
Prabhu

बढ्दो टर्बुलेन्सलाई दोष दिँदै कोरियन एयरले यात्रुलाई रामेन नुडल्स नदिने

एजेन्सी । कोरियन एयरले टुर्बलेन्सको बाहना देखाउँदै अबदेखि विमानमा कोरियन नुडल्स रामेनको उपलब्ध नगराउने निर्णय गरेको छ । यही अगष्ट १५ देखि लागू हुने गरी एयरलाइन्सले इनफ्लाइट अफरमा लोकप्र्रिय खाना हटाउने निर्णय गरेको हो ।

उसले अब लामो दूरीको उडानमा इकोनोमी क्लासमा यात्रा गर्ने यात्रुहरूलाई रामेन इन्स्ट्यान्ट नुडल्स दिने छैन ।

“विमानमा रामेन नुडल्स सर्भ गर्दा तातो पानीका कारण यात्रुहरुले दुःख पाउने गरेका छन्”, एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “टर्बुलेन्सको समयमा तातो पानी सर्भ गर्दा यात्रुहरु जल्ने सम्भावना हुन्छ ।” एयरलाइन्सले इकोनोमी क्लासमा, फ्लाइट एटेन्डेन्ट्सले धेरै कप नूडल्स तातो पानीले भरेर एकै पटक सार्नुपर्ने र यात्रुहरू खचाखच भरिएको अवस्थामा जलनको जोखिम उच्च हुने समेत उल्लेख गरेको छ ।
एयरलाइन्सले सन् २०२४ मा सन् २०१९ को तुलनामा टर्बुलेन्सका घटना धेरै भएका छन् । कोरियन एयरले उक्त निर्णयलाई प्रोएक्टिभ मेजर्सका रुपमा लिएको बताएको छ । साथै यसले जलनका घटना रोक्न सहयोगी बन्नेमा समेत विश्वास व्यक्त गरेको छ ।

“यात्रीहरुको सन्तुष्टिका लागि स्न्याकमा धेरै विकल्पहरु हुनेछ, यात्रुलाई सेल्फ सर्भिसमा भने स्न्याक बार पनि उपलब्ध हुनेछ । हामीहरु यात्र सुरक्षित होस् भन्ने सुनिश्चित गर्न चाहन्छौँ”, एयरलाइन्सले भनेको छ । ती स्न्याकहरूमा स्यान्डविचहरू, कॉर्न डगहरू, पिज्जा र हट पाकेट रहनेछन् ।

यद्यपि प्रेस्टिज र फस्र्ट क्लास क्याबिनमा यात्रा गर्नेले भने रामेन पाउनेछन् । सन् २०२४ का लागि विश्वको ११औं उत्कृष्ट एयरलाइन्स बनेको कोरियन एयरलाइन्स टर्बुलेन्सबारे योजना बनाउने पहिलो एयरलाइन्स बनेको छ । विशेषज्ञहरु अत्यधिक टर्बुलेन्सलाई जलवायुमा आएको परिवर्र्तन हो भनेका छन् ।

सन् २०२२ मा बेलायतको रिडिङ विश्वविद्यालयका एटमोस्फेरिक साइन्सका प्राध्यापक पाउल विलियम्सले सीएनएन ट्राभललाई एभिएसन क्षेत्रमा आगामी दिनमा टर्बुलेन्सहरु दोब्बर वा तेब्बर हुनसक्ने भविष्यवाणी गरेका थिए ।
“सामान्यतया, एक ट्रान्साटलान्टिक उडानमा, तपाईले १० मिनेटको हलचलको अपेक्षा गर्न सक्नुहुन्छ । मलाई लाग्छ कि केही दशकहरूमा यो २० मिनेट वा आधा घण्टासम्म बढ्नसक्छ”, उनले भनेका थिए ।

यस वर्षको मे महिनामा, लन्डनबाट सिंगापुर जाने एक उडानमा भयानक टर्बुलेन्सका कारण एक यात्रुको मृत्यु भएको थियो भने ७१ जना घाइते भएका थिए । उक्त विमानमा खाना ओसारपसार गर्ने ट्रे, खाना कन्टेनरहरू, प्लास्टिकका बोतलहरू र चिया र कफीका भाँडाहरू भुइँमा छरपष्ट भएका थिए

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal