Skip to content
Prabhu

थाइ एयर एसियाले भैरहव विमानस्थलमा हप्तामा चार उडान गर्ने

काठमाडौं । थाइ एयर एसियाले बैंकक–काठमाडौं र बैंकक–भैरहवाका लागि उडान गर्ने अनुमति पाएको छ । एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले बिहीबार भैरहवामा उडान गर्ने अनुमति दिएको हो ।

यससँगै अब थाइ एयर एसियाले सातामा चार दिन भैरहवा र ३ दिन काठमाडौंबाट उडान गर्ने छ । थाइले आगामी असोज ४ देखि बैंकक–काठमाडौं दैनिक उडानका लागि अनुमति मागेको थियो । तर, विमानस्थल स्तरोन्नतिको काम भइरहेकाले कात्तिक २३ (नोभेम्बर ८)बाट १० घन्टा बन्द हुँदै छ ।

२०७९ जेठमा सञ्चालनमा आएको यो विमानस्थलमा यसअघि कुवेतको जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान गरेका थिए । चार्टर्ड उडान भइरहे केही समय यता नियमित उडान भने भएको छैन ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal