Skip to content
Prabhu

गाँजाले लठ्ठिएर विमानको ढोका खोल्ने प्रयास गरेपछि….

एजेन्सी । एक अमेरिकी एयरलाइन्सको फ्लाइटमा एक मानिसले गाँजा खाएपछि तनाव सिर्जना गरेका छन् । जसले कैयौँ यात्रुको जीवन जोखिममा पारेको थियो । उडानका क्रममा उनी चिच्याउन थालेका थिए । त्यसलगत्तै उनी विमानबाट बाहिर निस्कने प्रयास पनि गरे । जसले गर्दा तत्काल ल्यान्डिङ गर्नुपर्ने अवस्था आयो ।

दुई हप्ताअघि, सिएटलबाट डलास गइरहेको अमेरिकी एयरलाइन्सको फ्लाइट २१०२ मा न्यूजर्सीका एक व्यक्तिले टेकअफपछि केही समयमै हंगामा गरेका थिए । उनी सिटमा बस्न अस्वीकार गर्दै इन्टरकमको प्रयोग गरेर गीत गाउन थालेका थिए । जसले गर्दा स्थिति तनावपूर्ण बनेको थियो ।

उनले गाँजा पिएर अगाडि र पछाडि आपतकालिन ढोका खोल्ने समेत प्रयास गरेका थिए । उनले कर्मचारीलाई पनि दुर्व्यवहार गरेका थिए । उक्त विमानलाई साल्ट लेक सिटीमा ल्यान्ड गराइएको थियो । ल्याण्ड भएपछि उक्त यात्रुलाई प्रहरीले विमानबाट बाहिर निकालेको थियो ।

हाल उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । दोषी ठहरिएमा उनलाई १० वर्षको जेल सजाय र ३४ हजार डलर जरिवाना हुन सक्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal