Skip to content
Prabhu

विमानस्थलभित्रको तेल भण्डारण डिपो सार्न उद्योग मन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोको स्थलगत अवलोकन गरेका छन् । मन्त्री भण्डारी निगमका कार्यकारी निर्देशक चण्डिका भट्टसहित निगमका उच्च अधिकारीहरुको टोलीले शनिबार उक्त डिपोको स्थलगत अवलोकन गरेपछि सार्न निर्देश न दिएका हुन् ।

प्रधानमन्त्री केपी ओली शर्माले उक्त डिपो जोखिमयुक्त स्थानमा भएकाले स्थानान्तरण गर्न शुक्रबार निर्देशन दिएका थिए । निर्देशनलगत्तै मन्त्री भण्डारीसहितको टोली अहिले डिपो भएको स्थानको अवलोकन गरेका थिए ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले मास्टर प्लानअनुसार उक्त डिपो सार्न विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गृहेश्वरीतर्फ उपलब्ध गराएको ५० रोपनी जग्गाको पनि मन्त्री भण्डारीले अवलोकन गरेका छन् ।

मन्त्री भण्डारीले वर्तमान स्थानमा रहेको हवाई इन्धनको डिपोका कारण स्थानीय बासिन्दाका साथै हवाई जहाजसमेतका लागि जोखिममा रहेकाले उपलब्ध गराइएको जग्गामा डिपो सार्न नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) सँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउन निगमका कार्यकारी निर्देशक भट्टलाई निर्देशन दिएका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal