Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आइतबार बसेको ३०औं वार्षिक साधारणसभाले १०.८०१३ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको मर्जरपछिको पहिलो साधारणसभा पागुन ६ गते आइतबार अनमोल ब्याङ्गकेट, शंखमूल काठमाडौंमा सम्पन्न भएको थियो।

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९र८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । यसका साथै सभाले आर्थिक वर्ष २०८०र८१ का लागि बाह्य लेखापरीक्षक जेबी राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

सो साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम एक करोड दुई लाख ८५ हजार ८९४.७४ पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । 

साथै सञ्चालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास (प्रतिनिधि सीजी फुडस् नेपाल लिको तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रालिको तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

साविकको युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।

कम्पनीले चालु आव २०८०र८१ को पुस मसान्तसम्ममा १३० करोड ६४ लाख ७६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरी १३ करोड १८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ । यसैगरी, चालु आव २०८०र८१ को पुस मसान्त सम्ममा कुल बीमालेख जारी संख्या एक लाख ५ हजार ९३३ र कुल दाबी भुक्तानी संख्या ४,६५४ तथा कुल दाबी भुक्तानी ८१ करोड २८ लाख १७ हजार ५३४ रूपैयाँको गरेको छ । 

उक्त इन्स्योरेन्सले साविकका दुवै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालय, ४३ वटा उपशाखा कार्यालय, ५ वटा बिमा काउण्टरहरु र ६ वटा तेस्रो पक्ष बिमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बिमा सेवा प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal