Skip to content
Prabhu

औसत लाभांश क्षमता साढे ७ प्रतिशत, गतवर्षको नाफाबाट एभरेष्टसँग सबैभन्दा बढी लाभांश दिने क्षमता

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकहरुले साढे ७ प्रतिशत लाभांश दिने क्षमता बनाएका छन् ।

वार्षिक साधारणसभा गर्ने बेलामा भने यो क्षमता फरक पर्ने छ । यो पटक राष्ट्र बैंकले असार मसान्तसम्म नउठेको ब्याज साउन मसान्तमा उठेमा पनि अघिल्लो वर्षको देखाउन मिल्ने सुविधा दिएको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार औसत लाभांश क्षमता ७.५१ प्रतिशत छ । गत आर्थिक वर्षमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा तल झरेका एनआईसी एशिया र कुमारी बैंकको लाभांशको लागि अर्को वर्ष कुर्नुपर्ने पक्का छ । यसबाहेक लाभांश क्षमता १ देखि ५ प्रतिशत भएका बैंकले पनि लाभांश दिने छैनन् ।

लाभांशको आधारमा सेयर लगानी गर्नेको लागि एभरेष्ट बैंक सबैभन्दा राम्रो देखिएको छ । एभरेष्ट बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट २९.८६ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । दोस्रोमा स्टाण्र्डर्ट चार्टर्ड बैंक रहेको छ । उसले सेयरधनीलाई २६.५ प्रतिशत लाभांश दिने क्षमता छ ।

गतवर्ष लगानीकर्तालाई खाली हात बनाएको कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत छ । नबिल बैंकले पनि १४.२६ प्रतिशत लाभांश क्षमता बनाएको छ । एसबिआई बैंक १०.७६ प्रतिशत र सानिमा बैंक १०.४ प्रतिशत रहेको छ । ६ वटा बैंकको लाभांश आउने पक्का देखिन्छ । बाँकी बैंकको ५ प्रतिशतभन्दा बढी तर ६ प्रतिशत नकटेका बैंकले लाभांश दिने नदिने टुगो छैन ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal