Skip to content
Prabhu

सम्पत्ति शुद्धीकरण मुद्दामा नेता पुरीलाई चार करोड बढी जरिवाना

 

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) लाई   चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज सजाय निर्धारण गरी नेता पुरी र निजकी  श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार आठ सय ९४ रुपैयाँ जरिवाना सुनाइएको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको राससलाई जानकारी दिए । प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal