Skip to content
Prabhu

धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

अत्तरिया । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम २१ करोड ७३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेकोे हो ।

आर्थिक वर्ष २०७९÷८० भन्दा गत आवमा बक्यौता रकम १ करोड ६० लाख ५२ हजार रुपैयाँले बढेको वितरण केन्द्रका लेखा प्रमुख विनोद ढकालले जानकारी दिनुभयो । आव २०७९÷८० मा बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो । ढकालका अनुसार गत आवमा औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ७८ लाख सात हजार तीन सय ७२ रुपैयाँ, घरायसी ग्राहकको ४ करोड ४४ लाख ७६ हजार चार सय ७६ रुपैया, सडकबत्तीको ११ करोड ३४ लाख १८ हजार तीन सय ८३ रुपैया र अन्य ग्राहक ३ करोड १६ लाख ७६ हजार आठ सय तीन रुपैया सङ्कलन गरिएको हो ।

गत आवमा महसुल नतिर्ने एक हजार नौ सय ६२ ग्राहकको लाइन काटिएको लेखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार लाइन काटिएका ग्राहकको महसुल तिर्न बाँकी रकम ५ करोड ५० लाख ८६ हजार चार सय १८ रुपैया रहेकामा ४ करोड ३३ लाख ५६ हजार पाँच सय रुपैया असुली भएको छ ।

लेखा प्रमुख ढकालका अनुसार आव २०७९÷८० मा केन्द्रको औद्योगिक ग्राहकको बक्यौता रकम करोड ४१ लाख ४२ हजार आठ सय ९१ रुपैया, घरायसी ग्राहकको ५ करोड ७९ लाख २८ हजार तीन सय ६९ रुपैया, सडकबत्तीको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रुपैया र अन्य ग्राहकको १ करोड ४२ लाख २२ हजार तीन सय ६७ रुपैया थियो ।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा केही बक्यौता रकम बढेको छ । वितरण केन्द्रले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली पनि गरेको छ’, लेखा प्रमुख ढकालले भने, ‘अन्य ग्राहकबाट रकम नियमित भुक्तानी भइरहेका छ । सडकबत्तीको बक्यौता रकम बढी छ ।’ वितरण केन्द्रका अनुसार नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६५ दशमलव दुई प्रतिशत छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal