Skip to content
Prabhu

कृषि प्रधान देशमा कृषि बीमा न्यून, निर्जीवन बीमा कम्पनीको व्यवसाय मोटर केन्द्रित

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसाय मोटर केन्द्रित देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको विवरणअनुसार निर्जीवन बीमा कम्पनीको व्यवसाय मोटर बीमामा केन्द्रित देखिएको हो ।

प्राधिरकणको तथ्यांकअनुसार गत वर्ष १४ वटा निर्जीवन बीमा कम्पनीले १२ अर्ब ५६ करोड ४३ लाख रुपैयाँको मोटर बीमा गराएका छन् । निर्जीवन बीमा कम्पनीले गरेको मोटर बीमा जम्मा बीमाको ३०.५१ प्रतिशत हो । निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँको व्यवसाय गरेको छन् ।

निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा मोटर बीमामा मात्रै कुला १६ लाख ४५ हजार ९०६ वटा बीमाले बिक्री गरेका छन् । जुन जम्मा बीमा लेखको ५७.७५ प्रतिशत हो । निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा जम्मा २८ लाख ४९ हजार ९३४ वटा बीमालेख बिक्री गरेका छन् ।

अधिकांश जनता आश्रित रहेको कृषि क्षेत्रको बीमा भने निकै कम मात्रै भएको तथ्यांकले देखाएको छ । प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीले गरेको व्यवसायको जम्मा ५ प्रतिशत हिस्सा मात्रै कृषि बीमाले ओगटेको छ । १४ कम्पनीले कृषि बीमाबाट २ अर्ब ८ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेको छन् । जनु जम्मा बीमा व्यवसायको ५.०६ प्रशितल मात्रै हो । यो अवधिमा बीमा कम्पनीले १ लाख ५० हजार ३४५ वाटा कृषि बीमालेख बिक्री गरेका छन् । जुन जम्मा बीमालेखको ५.२७ प्रतिशत हुन आउँछ ।

सरकारले समयमै अनुदान नदिने जस्ता अनेकौ बाधाहरुले कृषिमा भने आकर्षण कम देखिएको छ । त्यस विपरित पछिल्लो समय सवारी साधनको प्रयोग बढ्दै जानु र सरकारले पनि मोटरको अनिवार्य बीमा गराउनु पर्ने नीति लिएका कारण मोटर बीमाको हिस्सा बढेको देखिन्छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मोटर बीमा पछि धेरै हिस्सा सम्पत्ति बीमाको रहेको छ । गत आवमा १४ बीमा कम्पनीले १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ सम्पत्ति बीमा गरेबापत आर्जन गरेका छन् । जुन जम्मा बीमा शुल्कको २५.०८ प्रतिशत हो । यो अवधिमा बीमा कम्पनीले ४ लाख ९७ हजार ४४२ वटा सम्पत्ति बीमालेख जारी गरेका छन् । जुन जम्मा बीमा खेल संख्याको १७.४५ प्रतिशत हो ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आवमा बीमा कम्पनीले इन्जिनियर तथा ठेक्का जोखिम बीमालेखबाट ७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो अवधिमा कम्पनीहरुले ३२ हजार ९७७ वटा बीमालेख जारी गरेका छन् ।

कम्पनीहरुले विविध शीर्षमा १ लाख ६६ हजार ४०५ बीमा लेखबाट ४ अर्ब ५१ करोड ४८ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । गत आवको असार मसान्तसम्म १२७ वटा हवाई बीमालेख बिक्री गरेर २ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै कम्पनीहरुले सामुन्द्रिक बीमालेखबाट १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीहरुले यो अवधिमा ३ लाख ३६ हजार ४४४ वटा सामुन्द्रिक बीकलेख जारी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत आवको चौथो त्रैमासिकसम्मको अवधिमा सबैभन्दा कम लघुबीमा व्यवसाय गरेका छन् । यो अवधिमा कम्पनीहरुले १ लाख ४७ हजार ४७० लघुबीमा लेखमार्फत जम्मा ३१ करोड ३६ लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् ।

कृषि बीमाको प्रिमियममा छुट समेत दिएको अवस्था छ । तर पनि कृषि बीमा गराउनेको संख्या निकै कम हुनु दुखत भएको बीमा प्राधिरकणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । सरकारले ८० प्रतिशत अनुदानको व्यवस्था गरेको भए पनि समयमा अनुदान नपाउँदा बीमा गराउनेको संख्या कम भएको उनको बुझाइछ । ‘सरकारले अनुदानको रकम समय दिएको खण्डमा कृषि बीमा गराउन कम्पनीहरु पनि आकर्षित हुन्छन । त्यसतर्फ राज्यले सोच्नुपर्छ,’ उनले भने ।

अझै पनि २–३ वर्षको अनुदान बाँकी रहेको पौडलले बताए । ‘अहिले बीमा भन्ने वित्तिकै मोटर बीमा बुझ्नु पर्ने आवस्था भएको छ । मोटर बीमा सरकारले अनिवार्य पनि गरेको छ । तर कृषिमा राज्यको अनुदान नै समयमा नपुग्ने अवस्था अहिले पनि कायम नै छ,’ उनले भने ।

कृषि बीमामा आकर्षण बढाउनका लागि सिस्टम नै परिवर्तन गर्नु पर्ने उनको भनाइ छ । कृषि बीमामा पछिल्लो १० वर्षमा केही सुधार त भएको छ । तर कृषि प्रधान देशमा मोटरभन्दा कृषि बीमा ने ज्यादा हुन्छु पर्छ,’ उनले भने। आर्कोतर्फ कम्पनीहरु पनि परम्परागत रुपमा नै चलिरहेको उनले बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal