Skip to content
Prabhu

जीवन बीमा कम्पनीको व्यवसायः १ वर्षमा साढे १ खर्ब बढीको बीमा शुल्क संकलन, जम्मा व्यवसायको २६ प्रतिशत नेपाल लाइफको

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा साढे १ खर्बभन्दा बढीको व्यवसाय गर्न सफल भएका छन् । बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

१४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १३ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा नेपाल लाफइले जम्मा बीमा व्यवसायको २६.१३ प्रतिशत हिस्सा ओगटेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले गत आवमा ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अवधिमा कम्पनीले १४ लाख ६७ हजार १२८ वटा बीमालेखमार्फत सो बराबरको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो नम्बरमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले गत आवमा १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । यो कम्पनीले यो अवधिमा १९ लाख ९८ हजार २६८ बीमालेख जारी गरेर सो बराबरको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै गत आवमा धेरै बीमा व्यवसाय गर्ने तेस्रो कम्पनी हो लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल । यो कम्पनीले गत आवमा ६९ लाख ७ वटा बीमालेख बिक्री गरेर १८ अर्ब १० करोड ७५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै गत आवमा हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले गत आवमा ३ लाख ९७ हजार ३५२ वटा संक्रिया बीमालेख मार्फत १६ अर्ब बढीको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै गत आवमा सूर्य ज्योति लाइफले ९ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा कम्पनीले ९ लाख ९५ हजार ९४७ वटा संक्रिय बीमालेखमार्फत सो बराबरको व्यवसाय गर्न सफल भएको हो ।

गत आर्थिक वर्षमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोठ ४८ लाख रुपैयाँको ५ लाख ६४ हजार ४०६ वटा बीमालेख बिक्री गरेको छ ।

त्यस्तै यो अवधिमा एसियन लाइफको व्यवसाय ८ अर्ब ५ करोड ४८ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले ७ लाख ७७ हजार ७१२ वटा सक्रिय जीवनबीमालेखमार्फत उक्त बीमा शुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै यो अवधिमा सिटीजन्स लाइफले ११ लाख ८९ हजार २८ बीमालेखमार्फत ६ अर्ब २१ करोड ५३ लाखको बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले यो अवधिमा ६ अर्ब १८ करोड ९० लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । सानिमा रिलायन्सले यो अवधिमा ९ लाख ८२ हजार ५६६ वटा सक्रिय बीमालेख जारी गरेको छ ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मेट लाइफले ५ अर्ब ६७ करोड ८७ लाखको बीमा व्यवसाय गरेको छ । यो कम्पनीले गत आवमा ८ लाख ८७ हजार १९१ बीमालेख जारी गरेको छ।

त्यस्तै गत आर्थिक वर्षमा आइएमई लाइफले ५ लाख २९ हजार ८८३ बीमालेख बिक्रीबारट ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँको व्यवसाय गरेको छ । सोही अवधिमा प्रभु महालक्ष्मी लाइफको व्यवसाय ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ रहेको छ । यो कम्पनीको सक्रिय बीमालेखको संख्या १ लाख ८६ हजार २१६ वटा बीमालेख जारी गरेको छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार रिलायबल नेपाल लाइफले २८ लाख ३४ हजार ३६९ वटा बीमालेख बिक्रीबाट ४ अर्ब २० करोड ९० लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा कमको व्यवसाय सन नेपाल लाइफले गरेको छ । यो कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ बराबरको ७ लाख ७४ हजार ५६२ वटा बीमालेख जारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal