मकवानपुर । काठमाडौँ–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा ८ वटा पुल निर्माण हुँदैछ ।
दुईवटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल ८ वटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमवल नौ सय ७७ किलोमिटर लामो छ । सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् ।
द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । योजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्