Skip to content
Prabhu

बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको भन्दै पदबाट निलम्बन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न सरकारसँग माग गरेको छ । 

आइतबार बसेको  प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएकाले उनलाई तुरुन्तै पदबाट निलम्बन गर्नुपर्ने बताएका छन् । 

ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट गत पुस १३ गते २ जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनले देखाएको अवस्थामा त्यस्ता मन्त्रीलाई पदमा राखिरहन उपयुक्त नहुने भन्दै एमालेले विरोध गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal