Skip to content

धितोपत्र बोर्डको अध्यक्ष छिट्टै नियुक्त हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति छिट्टै हुने बताएका छन् । अर्थमन्त्री पौडेलले महिला आर्थिक पत्रकास संघ (फेजा) सँगैको छलफलका क्रममा धितोपत्र बोर्डको अध्यक्ष छिट्टै नियुक्त हुने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले फेजासँगको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै गर्ने जानकारी गराएका छन् । ‘सेबोनको अध्यक्ष नियुक्ति पक्रिया यति जटिल (कम्प्लिकेटेड) हुनु हुँदैनथ्यो । म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा रहेको थियो । अब कानुनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ,’ उनले भने, ‘यत्ति नै समय भन्ने छैन तर छिटोभन्दा छिटो पक्रिया अगाडि बढ्छ ।’

Hyundai

उनले पुँजीबजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पुँजी बजारको विकासको सन्दर्भमा पारदर्शि, परिपक्क ढंगले काम गर्ने बताए । यस्तै पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । उनले राजस्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्